Section 99
कर निर्धारण
(१) कुनै व्यक्तिले देहायका रकमहरु खुलाई आय विवरण दाखिला गर्नुपर्ने मितिमा कुनै आय वर्षको आय विवरण दाखिला गरेको रहेछ भने सो आय विवरणको कर निर्धारण गरे सरह मानिनेछः-

(क) दफा ३ को खण्ड (क) र (ख) मा उल्लिखित व्यक्तिले सो आय वर्षमा तिर्नुपर्ने आय विवरणमा उल्लेख गरेको करको रकम,र

(ख) आय विवरणमा उल्लेख गरेको उक्त वर्षको तिर्न बाँकी कर रकम ।

(२) कुनै व्यक्तिले कुनै आय वर्षको आय विवरण पेश नगरेमा आय विवरण दाखिला नभएसम्मको लागि आय विवरण पेश गर्नुपर्ने मितिमा देहाय बमोजिम कर निर्धारण गरे सरह मानिनेछः-

(क) परिच्छेद-१७ बमोजिम प्राप्त गरेको रकमबाट कट्टी भएको कुनै करको रकम तथा निजले परिच्छेद-१८

बमोजिम सो वर्षको लागि किस्ताबन्दीमा दाखिला गरेको कुनै रकमको योग बराबर निजको सो वर्षको करको रकम भएको मानिनेछ, र

(ख) कर निर्धारण बमोजिम कर तिर्न बाँकी नरहेको मानिनेछ ।